अछाम : अछामका ६ पालिकामा प्रमुख प्रशासकिय अधिकृत पठाईएको छ ।
लामो समयदेखी निमित्तको भरमा चलेका जिल्लाका ६ पालिकाहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत पठाएको हो ।
मन्त्रालयले अछामकाको साँफेबगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्जुनसेन ओली, पंचदेवल विनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद खरेल र कमलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा डिकबहादुर काकीलाई खटाएको छ ।
यस्तै चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरेशप्रसाद जैशी, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मीमबहादुर शाही तथा बान्नीगढी जयगढ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चोलारमन अधिकारी खटाइएका छन् ।
मन्त्रालयले बिहिबार १२२ जना उपसचिवहरूको सरुवा गरेको थियो । विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको हो ।
उपसचिव मात्रै नभई मन्त्रालयले ९७ जना शाखा अधिकृतको पनि सरुवा गरेको थियो । मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
यसरी सरुवा गरिएकामध्ये ९४ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । जसमध्ये तीन जना अछामका गाउँपालिकामा खटाईएका हुन ।
सरुवा गरिएका उपसचिव र प्रमुख प्रशासकिय अधिकृतहरु मध्ये अछामका ३ पालिकामा उपसचिव र बाँकी ३ पालिकामा प्रमुख प्रशासकिय अधिकृत पठाईएको हो ।
