सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई ३० लाख बराबरका सामाग्री सहयोग

धनगढी : सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई ३० लाख बराबरका सामान वितरण गरेको छ।

शनिवार कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रेम शाहीलाई एक कार्यक्रमका बीच सामान हस्तान्तरण गरेका हुन्।

Dhangadhi_Tihar 2083

जसअन्तरगत डकिङ स्टेशन र भण्डार प्रणाली, प्रिन्टरको साथ ब्रेथलाइजर, फ्लोरोसेन्ट ज्याकेट, २ टन एसी जडान सहित, वौडी वर्न क्यामेरा, म्याजिक लाइट लगायतका सामाग्री सहयोग गरिएको मन्त्री सार्कीले बताए।

उनले भने, ‘हामीले उपलब्ध गराएको सामग्रीलाई ट्राफिक प्रहरीले सही सदुपयोग गर्नुहुनेछ भन्ने आशा लिएका छौ। आगामी दिनमा पनि आवश्यक सामग्री लगायत भौतिक पूर्वाधारहरूको निर्माणका लागि पनि सुदूरपश्चिम सरकार सँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रतिबद्ध छ।’

उक्त सामग्रीलाई ट्राफिक प्रहरीको आवश्यकता अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित ठाउँमा उपलब्ध गराउने छ।

Loading...