गौरा पर्वको अवसरमा सुदूरपश्चिममा २ दिन बिदा

अत्तरिया : गौरा पर्वको अवसरमा यस वर्ष सुदूरपश्चिम प्रदेशमा २ दिन विदा दिइएको छ ।

गौराको मुख्य दिन गौराष्टमीका दिन भोलि संघीय सरकारले विदा दिएको छ भने गौराकै अवसरमा पर्सी सुदूरपश्चिम सरकारले विदा दिएको छ । आज पनि शनिवार भएकाले यस पटक गौराका लागि लगातार तिन दिन विदा परेको छ ।

गौरा अन्तरगत आज तेस्रो दिन ठूली गौरा मनाइँदै छ । पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ । सोहीअनुसार गौरा पर्व मनाइँदै आइएको पाइन्छ ।

भगवान् शिव र पार्वतीको पूजा आरधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

Loading...