अत्तरिया : सुदूरपश्चिमका ४१ वटा पालिकाहरूमा नयाँ प्रमुख प्रशासकीय खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशका ९ वटै जिल्लाका ४१ वटा पालिकाहरूमा एकै पटक प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।
मन्त्रालयले बिहीबार उपसचिव स्तर र शाखा अधिकृत स्तर गरी दुई ओटा स्तरमा सूचना जारी गरेको थियो । जसमा उपसचिव स्तरमा सुदूरपश्चिमका २० पालिकामा उपसचिव स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ ।
जसमा बैतडीका ४, बाजुरा र अछामका ३/३, बझाङ, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका २/२ तथा डोटी र कैलालीका १/१ पालिकामा उपसचिव स्तरका कर्मचारी खटाइएका छन् । बैतडीका दशरथ चन्द नगरपालिकामा केशवराज सुवेदी, मेलौली नगरपालिकामा मंगल बहादुर शाही, पाटन नगरपालिकामा टेकराज अर्याल र पुर्र्चौडी नगरपालिकामा सरोज कुमार पोख्रेललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ भने बाजुराका बडिमालिका नगरपालिकामा लोकराज जोशी, बुढीनन्दा नगरपालिकामा भोजराज भट्ट र त्रिवेणी नगरपालिकामा सत्यराज जोशीलाई खटाइएको छ ।
यस्तै अछामका कमलबजार नगरपालिकामा डिक बहादुर कार्की, साँफेबगर नगरपालिकामा अर्जुन सेन ओली र पञ्चदेवल विनायक नगरपालिकामा कृष्णप्रसाद खरेल, बझाङका जयपृथ्वी नगरपालिकामा सुनिल ठकुल्ला र बुंगल नगरपालिकामा तारानाथ पनेरु तथा दार्चुलाका शैल्यशिखर नगरपालिकामा राजु कुँवर र महाकाली नगरपालिकामा अनुप केसीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ ।
यसै गरी डडेल्धुराको अमरगढी नगरपालिकामा नवराज ओझा र परशुराम नगरपालिकामा मोहन अर्याल, कञ्चनपुरको बेलौरी नगरपालिकामा रमेश बहादुर बुढाथोकी र दोधारा चाँदनी नगरपालिकामा खेमराज खत्री, डोटीको दिपायल सिलगढी नगरपालिकामा दामोदर भण्डारी तथा कैलालीको भजनी नगरपालिकामा राजेन्द्र प्रसाद पन्थीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले २० वटा पालिकाहरूमा उपसचिव स्तरका कर्मचारीलाई पठाउँदा २१ वटा पालिकाहरूमा शाखा अधिकृत स्तरका कर्मचारीहरूलाई खटाएको छ । जसमा बझाङका ६, बाजुरा, अछाम र दार्चुलाका ३/३, बैतडी र कैलालीका २/२ तथा डडेल्धुरा र डोटीका १/१ पालिका परेका छन् ।
बझाङका केदारस्यु गाउँपालिकामा दीपेन्द्र बहादुर विष्ट, खप्तड छान्ना गाउँपालिकामा विजय प्रकाश गिरी, मष्टा गाउँपालिकामा कृष्णराज जोशी, वित्थडचिर गाउँपालिकामा श्रीधर ज्ञवाली, साईपाल गाउँपालिकामा सन्देश प्रसाद जोशी तथा सुर्मा गाउँपालिकामा सिद्धराज पण्डित प्रमुख प्रशासकीय अधिकृतका रूपमा पटाइँदा बाजुराका गौमुल गाउँपालिकामा नवीन पोखरेल, खप्तड छेडेदह गाउँपालिकामा घनश्याम अर्याल तथा जगन्नाथ गाउँपालिकामा दिलीप सुवेदी खटाइएका छन् ।
यस्तै अछामका चौरपाटी गाउँपालिकामा सुरेश प्रसाद जैसी, मेल्लेख गाउँपालिकामा मिम बहादुर शाही तथा बान्निगढी जयगढ गाउँपालिकामा चोला रमन अधिकारी, डोटीको बोगटान फुड्सील गाउँपालिकामा सरोज चौधरी, कैलालीका चुरे गाउँपालिकामा धर्मराज खत्री तथा जानकी गाउँपालिकामा भानुभक्त भट्ट पटाइएका छन् ।
दार्चुलाका मालिकार्जुन गाउँपालिकामा जनक सिंह उखेडा, अपि हिमाल गाउँपालिकामा खगेन्द्र राज जोशी तथा ब्यास गाउँपालिकामा डिल्ली बहादुर खड्का, बैतडीका शिवनाथ गाउँपालिकामा एकराज आचार्य तथा डिलासैनी गाउँपालिकामा अभय शेखर अधिकारी र डडेल्धुराको आलिताल गाउँपालिकामा दिपेन्द्रराज अधिकारी प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका छन् ।
मन्त्रालयले पठाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूको लिस्टमा बझाङका सबैभन्दा बढी पालिका परेका छन् । कुल १२ पालिका रहेको बझाङका ८ पालिकाहरूमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।
यस्तै अछामका १० पालिका मध्ये ६, बाजुराका ९ पालिका मध्ये ६, दार्चुलाका ९ पालिकामध्ये ५, बैतडीका १० पालिकामध्ये ६, डोटीका ९ पालिकामध्ये २, कैलालीका १३ पालिकामध्ये ३, कञ्चनपुरका ९ पालिकामध्ये २ र डडेल्धुराका ७ पालिकामध्ये ३ मा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको छ ।
मन्त्रालयले बिहीबार एकै पटक देशभरका १२२ उपसचिव स्तरका कर्मचारी र ९७ शाखा अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरेको थियो । जसका कारण निमित्तको भरमा सञ्चालनमा रहेका सुदूरपश्चिमका कतिपय पालिकाहरूले लामो समयपछि प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।