लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ

धनगढी : कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ् सेन्टर क्षेत्रबाट तीन जना पक्राउ परेका हुन्। भारतबाट नेपाल तर्फ आउर्दै गरेको युके ०३ सी ३८२ नम्बरको भारती मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय प्रदीप नाथ, ३१ वर्षीय पारश शाह र बेदकोट नगरपालिका–१० का २२ वर्षीय नितेश पनेरु पक्राउ परेका हुन्।

उनीहरूको साथबाट एक सय ५३ एम्फुल नियन्त्रणमा लिइएको छ। उनीहरूलाई मोटरसाइकल र लागुपदार्थसहित इलाका प्रहरी कार्यालय, गड्डाचौकी र कञ्चनपुर जिल्ला प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

Dhn_Laingik Hinsa 2082
Loading...