कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा ओझा र स्वाँरबीच प्रतिस्पर्धा

अत्तरिया : कैलाली उद्योग वाणिज्य संघको भदौ २८ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ।

नयाँ नेतृत्वका लागि व्यवसायीहरू आ–आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन्। अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र पूर्वमहासचिव रुपेश स्वाँरबीच प्रतिस्पर्धा हुने पक्का भएको छ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै स्वाँर समूहले आफ्नो प्यानल र घोषणापत्र सार्वजनिक गरेको थियो। “व्यवसाय र व्यवसायीको सुरक्षा : हाम्रो प्रतिबद्धता” नारासहित सार्वजनिक घोषणापत्रमा व्यवसायीलाई दैनिक देखिने कठिनाइ समाधान गर्ने, कानुनी तथा प्रशासनिक समस्या सम्बोधन गर्ने, युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने तथा बैंक, वित्त, कर र भन्सारसँग सम्बन्धित चुनौती समाधानका लागि ठोस पहल गर्ने उल्लेख गरिएको छ।

स्वाँर प्यानलले घोषणा गरेका पदाधिकारीमा अध्यक्षमा रुपेश स्वाँर, वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिल कुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा, सचिवमा प्रकाश कुमार चन्द, सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरत बहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक, मन्जु भट्ट रहेका छन।

स्वाँर २०७५ को निर्वाचनमा पनि अध्यक्षका प्रत्याशी बनेका थिए तर पुष्पराज कुँवरसँग पराजित भएका थिए। यसपटक भने ओझा र स्वाँरबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। ओझाले भोलि पत्रकार सम्मेलनमार्फत आफ्नो प्यानल र घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन्।

Deep Jyoti Pustak psl
Loading...