कञ्चनपुर : हिजोराति कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको दोधारामा एक सय ३५ मिलिमिटर पानी परेको हो ।
डडेल्धुरा,डोटी लगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ । खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागका अनुसार आज पनि सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।