धनगढी : लागूऔषध मुद्दामा फरार कैलालीको गोदावरीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ वर्ष १० महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका–५ बस्ने ४५ वर्षीय चन्द्रदेब थारु डगौरा पक्राउ परेका हुन्।
डगौरालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
