विद्यालय शिक्षा विधेयकविरुद्ध गोदावरीमा शान्तिपूर्ण विरोध र्‍याली, कालो झण्डासहित सडकमा बस

अत्तरिया : विद्यालय शिक्षा विधेयक–२०८० का अव्यवहारिक र विभेदपूर्ण प्रावधान खारेजको मागसहित गोदावरीमा सोमबार शान्तिपूर्ण विरोध विद्यालय शिक्षा विधेयकविरुद्ध गोदावरीमा शान्तिपूर्ण विरोध र्‍याली, कालो झण्डासहित सडकमा बस निकालिएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) गोदावरी नगर कार्य समितिको अगुवाइमा अत्तरिया आसपासका सडकमा विद्यालय बसहरू उतारेर कालो झण्डा टाँसिएको र शिक्षक तथा संस्थापकहरूले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका थिए। र गोदावरी हुदै कृष्णपुरको गुलरिया पुगेर अत्तरिया बसपार्कमा कोण सभाको आयोजना सम्पन्न भएको छ ।

संयुक्त आन्दोलन परिचालन समितिको आह्वानमा आयोजित उक्त कार्यक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संघसंस्थाहरूको संयुक्त सहभागिता थियो। विद्यालय शिक्षा विधेयकविरुद्ध गोदावरीमा शान्तिपूर्ण विरोध र्‍याली, कालो झण्डासहित सडकमा बसमार्फत विधेयकका विवादास्पद प्रावधान सच्याउन माग गरिएको थियो।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगबीर थापाले विद्यालय शिक्षा विधेयकका कतिपय धारा शिक्षा ऐन र कम्पनी ऐनसँग विसंगत रहेको दाबी गर्दै तत्काल संशोधनको आवश्यकता औंल्याए। उनका अनुसार प्रस्तावित १५ प्रतिशत छात्रवृत्तिमा बसोबास, पोसाक र खानपानसम्म समावेश गर्न खोजिनु संस्थागत विद्यालयमाथि अनावश्यक बोझ थोपर्ने कार्य हो।

उनले यसले निजी विद्यालयलाई आर्थिक संकटमा धकेल्ने चेतावनी दिए। त्यसैगरी सत्यवती एकेडेमीका सञ्चालक विर बहादुर कडायताले ५२ वर्षपछि ल्याउन लागिएको शिक्षा ऐन सेवा–मुखी व्यवसायलाई नै धराशायी पार्ने खालको भएको टिप्पणी गरे। उनले निजी तथा आवासीय विद्यालयलाई हेर्ने दृष्टिकोण नै फरक भएको भन्दै, प्रावधान सच्याइएन भने देशव्यापी आन्दोलनलाई अझ व्यापक बनाइने चेतावनी दिए।

प्याब्सन गोदावरी नगर अध्यक्ष मदन जोशीले यसअघि केन्द्रीय निर्देशनअनुसार पालिकास्तरमा बिरोधका कार्यक्रम सम्पन्न भएको स्मरण गर्दै सोमबार बसमा कालो झण्डा टाँसी सडक प्रदर्शनमार्फत विरोधलाई निरन्तरता दिएको बताए। आन्दोलनकारीहरूले विधेयकमा समावेश “निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने” खालका धाराहरू सच्याउनुपर्ने, हाल प्रचलनमा रहेको जम्मा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था कायम राख्नुपर्ने र पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने माग दोहोर्याएका छन्।

प्याब्सन, एन–प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संघसंस्थाहरूको संयुक्त बस विद्यालय शिक्षा विधेयकविरुद्ध गोदावरीमा शान्तिपूर्ण विरोध र्‍याली, कालो झण्डासहित सडकमा बसले विधेयकका प्रावधानहरू संस्थागत विद्यालयलाई धराशायी पार्ने उद्देश्यले गैरनाफामूलक बनाउने दिशामा रहेको भन्दै कडा आपत्ति जनाएको छ।

Loading...