जोगबुडा नदीको बाढी कञ्चनपुरका बस्तीमा, ५२ परिवार विस्थापित

कञ्चनपुर : कञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा पसेपछि ५२ परिवार विस्थापित भएका छन्।

विस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरका अनुसार दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ घरका ७० जनालाई जनाता मावि देउरालीमा सारिएको छ।

त्यस्तै वडा नम्बर‑३ पटेराखल्लाका १५ परिवारका १० देखि १५ जनालाई जमुना आधारभूत विद्यालय जमुनाघारीमा सारिएको छ। त्यस्तै वडा नं. १० कान्तीटोलका १२ घरका ४० जनालाई अम्विका माविमा राखिएको र सबै सुरक्षित रहेको उनले बताएका छन्।

Loading...