शारदा ब्यारेजमा गाडी बन्द

अत्तरिया :अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ।

सोमबार बिहान बहाव १ लाख ५१ हजार क्युसेक नाघेपछि नेपाल–भारत सीमा क्षेत्रको शारदा ब्यारेज (बनबासा पुल) मा चारपांग्रे सवारीसाधनको आवागमन रोक लगाइएको डिएसपी सागर बोहराले जानकारी दिए।

उनका अनुसार हाल त्यहाँ दुईपांग्रे मात्र सञ्चालनमा छन्। मौसमविद्हरूका अनुसार मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरे पनि अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालमा व्यापक वर्षा भइरहेको छ। यससँगै दक्षिणी सीमामा बनेको न्यूनचापीय प्रणालीको असरले विशेष गरी सुदूरपश्चिममा वर्षा तीव्र भएको छ।

बरिष्ठ मौसमविद प्रतिभा मानन्धरका अनुसार कञ्चनपुरको दोधारामा आइतबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म २४ घण्टामा १९९.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। हाल केही कम भए पनि थप वर्षाको सम्भावना कायमै रहेको उनले बताइन्।

Deep Jyoti Pustak psl
Loading...