कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

कृष्णपुर नगरपालिका–७ चमन चौराहबाट कलुवापुर बस्ने २८ वर्षीय मनोज राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

रानालाई चेकजाँच गर्दा उनको साथबाट १४ दशमलव ८६ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित रानालाई इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ।

Loading...