कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका ९ कोल्डस्टोर नजिक बजारबाट घर जाने क्रममा चालक शिविर बस्ने ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सोमवार रानाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नालामा खस्दा उनी घाईते भएका थिए।

उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...