कञ्चनपुरमा रतुवाको मासुसहित एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई मंगलवार प्रहरीले रतुवाको मासुसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ गरिएको छ।

बरामद रतुवाको मासुसहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाइएको छ। निकुञ्जले भाटमाथि आवश्यक कारबाही प्रक्रियासँगै थप अनुसन्धानको कार्य अगाडि बढाएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...