नतिजा आउने गरी काम गर्न बैतडीका कार्यालय प्रमुखहरूलाई मन्त्री भण्डारीको निर्देशन

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षाकृत नतिजा आउने गरी काम गर्न बैतडीका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

आज पाटनमा सम्पन्न जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकमा मन्त्री भण्डारीले सरकारी कार्यालयबाट सम्पादन हुने कामहरू अपेक्षाकृत रूपमा नतिजा आउने गरी काम गर्न निर्देशन दिएका हुन्।

उनले भने, ’सरकारी कार्यालयले गर्ने काममा जनताले अनुभूति गर्ने गरी हुनुपर्छ, जसमा अपेक्षाकृत नतिजा आउन नसकेको भन्ने जनताको गुनासो आउनुभएन।’ पूर्वाधारका कामलाई प्राथमिकतामा राख्न आग्रह गर्दै मन्त्री भण्डारीले अनुदानका काममा नतिजा आउने गरी कार्यान्वयन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए।

बर्षातको समय रहेकाले विपद् पूर्वतयारी तथा उद्धारका लागि तयारी अवस्थामा रहन र चाडपर्व लक्षित बजार अनुगमनलाई कडाइ गर्न मन्त्री भण्डारीले निर्देशन दिए। उनले भने, ’विपद् पूर्वतयारी र उद्धारका लागि कुनै कसर बाँकी नराख्नुहोला।

चाडपर्व नजिकिएकाले बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुस्।’ बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो।

Dhn_Laingik Hinsa 2082
Loading...