कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।
मंगलवार साँझ करिब ६ बजे भीमदत्त नगरपालिका–४ बसपार्कस्थित सार्वजनिक शौचालयमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा कृष्णपुर नगरपालिका–२ बस्ने २४ वर्षीय चन्द्र चन्द र बझाङको बुङगल नगरपालिका–१० बस्ने २७ वर्षीय धनबहादुर बाग लागूऔषधसहित पक्राउ परेका हुन्।
दुबै जनाको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन बरामद गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई लागूऔषधसहित अस्थायी प्रहरी चौकी बसपार्क, कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
