बैतडीकी अनमी जानकी उत्कृष्ट नर्स अवार्डले सम्मानित

बैतडी : बैतडीको सिगास गाउँपालिका–४, कान्धारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजारा “उत्कृष्ट नर्स अवार्ड” बाट सम्मानित भएकी छन्।

Dhangadhi_Tihar 2083

स्वास्थ्य खबरपत्रिकाको १६औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित १३औं हेल्थ अवार्ड कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो। पुजारा उपकरणबिनै लगातार ६ घण्टासम्म मुखबाट कृत्रिम सास दिँदै नवजात शिशुको ज्यान बचाएको घटनापछि देशभर चर्चामा आएकी थिइन्।

दुर्गम क्षेत्रमा सेवाभाव, साहस र मानवताको अद्वितीय उदाहरण प्रस्तुत गरेबापत उनलाई यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। सोमबार सम्पन्न कार्यक्रममा विभिन्न ९ विधामा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई अवार्ड दिइएको थियो।

Loading...