लागूऔषधसहित कैलालीमा एक युवक पक्राउ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट प्रहरीले एक युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

Dhangadhi_Tihar 2083

बुधवार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा डोटीको जोरायल गाउँपालिका–३ बस्ने २३ वर्षीय विजय सुब्बाको साथबाट ४ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।

उक्त लागूऔषधसहित सुब्बालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...