अछाम : अछाममा दुई जना किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन । जिल्लाको तुर्माखाद गाउँपालिका– ६ सल्लेरी वनमा एउटा रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार सोही वडाका उनिहरु दुवै जनाको उमेर एउटाको १७ र अर्काको १५ वर्ष रहेको छ । घटनास्थल घरबाट ४ सय मिटर टाढा रहेको उनले बताए ।
घटनाबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गर्ने उनले जानकारी दिए । दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन रहेको र घरका आफन्तहरूले खोजी गर्ने क्रममा बिहिबार बिहान वनमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताईएको छ ।