कैलालीको टीकापुरका एक फरार प्रतिबादी पक्राउ

धनगढी : कैलालीको टीकापुरका एक फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०८१ श्रावण ३० गतेको फैसलाले लागूऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेपछि फरार रहेका टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० बस्ने २८ वर्षीय प्रदिप कुमार भण्डारी पक्राउ परेका छन्।

भण्डारीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...