अछाम : अछामको साँफेबगर नगरपालिकाले महिनावारी भएको बेला विभेद गर्नेलाई सेवासुविधा नदिने निर्णय गरेको छ ।
नगरकार्यपालिकाको बैठकले महिनावारीको समयमा छाउगोठमा बस्ने र बस्न बाध्य पार्ने सबैको सेवासुविधा रोक्ने निर्णय गरेको हो । महिनावारी विभेद गर्नेलाई नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा नदिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरको कार्यपालिका बैठकले महिनावारीको समयमा विभेद गर्नेलाई सेवासुविधा नदिने निर्णय गरेको बताए । उनले बैठकले जातिय छुवाछुत तथा भेदभाव गर्नेलाई कानुन अनुसार कार्वाहीका लागि सिफारिस गर्ने र न्यायिकसमिति मार्फत जनचेतना मुलक कार्यक्रमहरु सचालन गर्ने निर्णय गरेको उनले बताए ।
सबै वडाहरुसँग समन्वय गरि गोठ भत्काउने अभियान सञ्चालन गरिने उनको भनाई छ ।