लोकसेवा आयोग निष्पक्षता र स्वच्छतामा प्रतिबद्ध छ : आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी

धनगढी : लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोग सबैको विश्वासप्राप्त संस्था भएको बताएका छन्।

आयोगकोे हीरक जयन्ती वर्ष, २०८२ का अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रमअन्तर्गत शुक्रवार धनगढीमा आयोजित कार्यक्रममा उहाँले आयोग निष्पक्षता, स्वच्छता र योग्यतामा प्रतिबद्ध रहेको बताए।

वर्षभरिमा आयोगले निजामतीतर्फ करिब चार हजार र सङ्गठित संस्थातर्फ करिब १५ हजार योग्य नागरिकको छनोट गरी सिफारिस गर्ने गरेको जानकारी दिए। उनले भने, ’हामी गुणस्तर र प्रतिबद्ध प्रतिस्पर्धी खोजिरहेका छौँ।’

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले आयोगको निष्पक्ष एवं स्वच्छ कामको प्रशंसा गरे।

कार्यक्रममा आयोगको समग्र विषय समेटिएको वृत्तचित्रका साथै कार्यपत्र प्रस्तुत गरिएको थियो। आयोगले विद्यार्थीमार्फत आयोगको सन्देश फैलाइ सार्वजनिक सेवाप्रतिको आकर्षण बढाउन ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका विद्यार्थी सहभागी थिए।

Deep Jyoti Pustak psl
Loading...