कैलालीको धनगढीका युवक खैरो हेरोइनसहित पक्राउ

धनगढी : कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–१ नेपाल टेलिकम नजिकबाट सोही धनगढी उपमहानगरपालिका–६ बस्ने २५ वर्षीय सिम चौधरीलाई ५५० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले शुक्रवार पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Loading...