कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी

धनगढी : कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ। आगलागीबाट ८० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ।

आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ।

आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए। लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए।

आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...