खैरो हेरोइनसहित अछाममा एक जना पक्राउ

धनगढी : अछाममा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–८ बयलपाटा पिपल चौताराबाट २५ वर्षीय समिर कुँवर पक्राउ परेका हुन्। साँफेबगर नगरपालिका–४ का कुँवरको साथबाट प्रहरीले १४० मिलिग्राम खैरो हेरोइन फेला पारेको हो।

मध्य पहाडी लोकमार्ग क्षेत्रबाट उनी शनिवार राति पक्राउ परेका प्रहरीले बताएको छ। कुँवरलाई जिल्ला प्रहरी कार्यालय, अछामको टोलीले पक्राउ गरेको हो।

Deep Jyoti Pustak psl
Loading...