ज्योति विकास बैंकको सहयोगमा गौरा मन्दिरमा वृक्षारोपण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा क्षेत्रको गौरा मन्दिर परिसरमा २५० ओटा कागतीका बोटहरू रोपिएका छन्।

नगर प्रमुख बिरेन्द्र भट्ट ले वृक्षारोपण कार्यक्रमको थालनी गर्दै मन्दिर परिसरको सौन्दर्य, धार्मिक महत्व र पर्यावरणीय संरक्षणमा योगदान पु¥याएका हुन। वृक्षारोपण कार्यक्रममा ज्योति विकास बैंक ले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको छ।

अत्तरिया शाखा प्रमुख लक्ष्मण सिंह चौक्यालका अनुसार, बैंकले विगतमा मालाखेती अस्पतालमा बेवी वार्मर वितरणसहित विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएको छ। शाखा विस्तार भएदेखि बैंकले देशभर फलफूल र अन्य बिरुवा रोप्ने अभियान संचालन गर्दै आएको जानकारी समेत उनले दिए।

उक्त अभियान अन्तर्गत युवा अभियन्ता बासु गौतमले देशभर १० लाख बोट बिरुवा रोप्ने लक्ष्य राख्दै विभिन्न संघ–संस्थासँग समन्वय गर्दै देशभर वृक्षारोपण कार्यक्रम सञ्चालन भइरहेको बताए। साथै, रोपिएका बिरुवाहरूको संरक्षण र स्याहारको जिम्मेवारी सम्बन्धित समितिलाई दिइएको समेत जानकारी उनले दिएका छन्।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, “गोदावरी क्षेत्रको समृद्ध सांस्कृतिक पहिचान, धार्मिक महत्व र सम्भावित पर्यटकीय विकासलाई ध्यानमा राख्दै मन्दिर परिसरमा वृक्षारोपण गरिएको बताएका छन् ।

गौरा मन्दिर संरक्षण समितिका अध्यक्ष नरेन्द्रराज भट्टराई ले शिव–पार्वतीको मूर्ति रहेको पौराणिक स्थलमा वृक्षारोपणले सांस्कृतिक संरक्षणमा नयाँ गति दिने बताए। उनले नगर प्रमुख भट्ट र ज्योती विकास बैंकलाई सहयोगका लागि धन्यवाद दिएका छन्। साथै, रोपिएका बिरुवाहरूको संरक्षण र संवद्र्धनमा सबैले चासो दिनुपर्नेमा जोड दिए।

Loading...