कैलाली कारागार फर्किए १ सय १८ कैदी

धनगढी : धनगढीमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका १ सय १८ कैदी कैलाली कारागारमा फर्किएका छन् ।

कारागार प्रशासनले सबै कैदीलाई फर्कन सूचना जारी गरेपछि उनीहरू कारागारको सम्पर्कमा आउन थालेका हुन् । कतिपयलाई भाग्ने क्रममा पनि प्रहरीले पक्राउ गरेको छ । कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाले आइतबार मात्रै १५ जना महिला कैदी कारागारको सम्पर्कमा आएको बताए ।

उनका अनुसार दुई जना दाङ, दुई दार्चुलाबाट पक्राउ परेका छन् । बझाङबाट पक्राउ परेका दुई जनाको उपचार भइरहेको छ । उनीहरू भाग्ने क्रममा घाइते भएका थिए । यस्तै एक जना भारतीय कैदी पनि सम्पर्कमा आएका छन् ।

अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । कैलाली कारागारमा ६ सय १८ कैदी थिए । आन्दोलनका क्रममा प्रदर्शनकारी कारागार प्रवेश गरेपछि सबै कैदी फरार भएका हुन् ।

Loading...