अत्तरिया चोकमा जेनजी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

अत्तरिया : कैलालीको अत्तरिया चेकमा जेन जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन गरिएको छ । जेनजी प्रदर्शनका क्रममा भएका सहिदहरूको सम्झनामा आज (बुधबार) दीप प्रज्वलन गरिएको हो ।

अत्तरिया क्षेत्रका युवाहरुको स्वफुर्तरुपमा  सहभागितामा भएको दीप प्रज्वलन कार्यक्रममा नेपालको नक्सा भित्र श्रद्धाञ्जली लेखेर दीप प्रज्वलन गरिएको थियो ।

दीप प्रज्वलनमा सहभागी युवाहरुले जेनजीले आफ्ना माग राख्ने क्रममा सरकारले दमन गरेर युवाहरुको हत्या गरेपछि सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको बताएका छन् । अझै पनि देशमा शान्ती आओस, पुनः यस्ता आन्दोनल गर्न नपरोस भनेर दीप प्रज्वलनमा कामना गरिएको उनिहरुले बताए ।

प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा आज सरकारले पनि शोक बिदा दिएको छ । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा हालसम्म ७४ जनाको निधन भइसकेको छ ।

Loading...