धनगढी : कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
घोडघोडी नगरपालिका-४ सिमथरी स्थित पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ८४५४ नम्बरको बसले र बिपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१-००९ प २७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपापालिका-४ भलकुडा बस्ने ३१ वर्षीय दर्शन सिंह भाटको मृत्यु भएको हो ।
दुर्घटनामा भाट गम्भिर घाईते भएको भाटलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
बस र बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बस्ने ३४ वर्षीय अम्मर सिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।