धनगढी : कैलाली र कञ्चनपुरका ३ जना युवती लागूऔषधसहित पक्राउ परेका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका६ ङ गाउँ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने १९ वर्षकी संगिता राना, कैलालीकै लम्कीचुहा नगरपालिका-९ बस्ने २० वर्षकी रेनुका चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका-४ बस्ने १८ वर्षकी किशोरीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
तीनै जनाको साथबाट ९०० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित तिनै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ ।