कैलालीको टीकापुरमा एक वृद्धा मृत फेला

धनगढी : कैलालीमा एक वृद्धा मृत फेला परेकी छिन् ।

टीकापुर नगरपालिका-१ ब्लक नम्बर १३ बस्ने ७४ वर्षीया तुलादेवी गिरी मृत फेला परेकी हुन् ।

सोही नगरपालिका-८ बनगाउँस्थित कर्णाली नदीमा सोमबार उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...