कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपपालिका ११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ५ हजार १४० मूल्य बराबरको इलेक्ट्रोनिक, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामान प्रहरीले बरामद गरेको छ।

उक्त मुल्यको सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...