जिल्ला समन्वय समिति अछामकी उपप्रमुखबिरुद्ध अख्तियारमा उजुरी

धनगढी : जिल्ला समन्वय समिति अछाम उपप्रमुख दानमती बम शाही बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

Dhangadhi_Tihar 2083

समन्वय उप प्रमुख शाहिले प्रचलित नियम कानून र ओहदाको दुरुपयोग गरेको, पदिय दायीत्व कर्तब्य निर्वाह गर्नु पर्नेमा अधिकारको दुरुपयोग गरी जिल्ला समन्वय समितीको प्रमूखको रुपमा उप–प्रमूखले प्रमूखको किर्ते हस्ताक्षर गरी आफ्नो परिचयपत्र जारी गरेको भन्दै अख्तियारमा उजुरी परेको हो।

यस्तै समन्वय समिती उप–प्रमूख दानमती शाही बमले आफुले नियमानुसार पाउने दैनिक भ्रमण खर्च जिल्ला समन्वय समिति प्रमुखबाट स्विकृत गराउनु पर्नेमा आफै स्विकृत गर्ने गरेको र सदस्यहरुको समेत आफै स्विकृत गर्ने गरेको भन्दै मुद्दा परेको हो।

यस्तै उपप्रमुख शाहीले अछाम जिल्ला स्थित विभिन्न कार्यालय स्थानीय तहबाट अनुगमन नै नगरी फर्जि कागजात पेश गरि पदको दुरुपयोग गरि भ्रमण भत्ता लिने गरेकी भन्दै अख्तियार मुद्दा परेको हो।

Loading...