अत्तरियामा हाईसले मोटरसाइकललाई ठक्कर दियो, २ जना घाइते

अत्तरिया : कैलालीको अत्तरियामा हाईसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छ्न ।

Dhangadhi_Tihar 2083

अत्तरिया – धनगढी रोडमा भे १ ज १३६४ नम्बरको हाईसले से ४ प ८४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा २ जना घाईते भएका हुन ।

घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ शान्तिपुरका चालक ६३ वर्षीय हरी प्रसाद जोशी र पछाडी सवार बुहारी पुजा जोशी रहेका छ्न । घाइतेको अत्तरिया स्थित पदमा अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

Loading...