कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा जेनजी समर्थनको समुहको माग सम्बोधन गर्न बार्ता टोली गठन गरिएको छ ।
बिहीबार बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले जेनजी समर्थक समूहको माग सम्बोधन गर्नका लागि नगर प्रमुखको अध्यक्षतामा जेनजी समर्थक समूहबाट सात जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको हो ।
कार्यपालिका बैठकबाट नगर प्रमुख पोतीलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत, नौं जना कार्यपालिका सदस्य, ५ दलबाट एक एक जना दलीय प्रतिनिधि र जेनजी समर्थक समूहबाट ७ जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले बताए ।
बैठकले आन्दोलनमा क्षति भएका पुर्वाधारहरु पुर्ननिर्माणका लागि गठन गरेको कोषमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने समेत निर्णय गरेको छ ।
त्यसबाहेक उक्त कोषमा नगरपालिकाको आन्तरिक राजश्व स्रोतबाट दुई लाख रुपियाँ जम्मा गर्ने निर्णय पनि गरिएको बताईएको छ । यसैबिच, मङ्गलबार पालिकास्थित कर्मचारीले बन्द गरेका सेवा पुर्न सुचारु गरिएका छन् ।
