कैलालीमा लागू औषध सहित एक युवक पक्राउ

अत्तरिया : कैलालीमा लागू औषध सहित एक युवक पक्राउ परेका छन ।

शनिबार टीकापुर नगरपालिका – १ ब्लक नम्बर १४ बाट २० वर्षीय रोहन साउद पक्राउ परेका हुन । उनको साथबाट ४८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...