कैलालीमा चेम्बर अफ कमर्शको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

अत्तरिया : आउदै गरेको दशैको अवसरमा कैलालीको अत्तरियामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर अफ कमर्श र युवा चेम्बर अफ कमर्स सुदूरपश्चिमले संयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका हुन ।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, दिपावली र छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

अत्तरिया स्थित फार वेल फुड ल्याण्डमा आयोजित कार्यक्रममा चेम्बरमा आवद्ध व्यवसायी तथा व्यक्तिहरु बिच शुभकामना आदानप्रदान गरिएको बताईएको छ । युवा चेम्बर अफ कर्मश सुदूरपश्चिमका अध्यक्ष जय बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिपक महराले गरेका थिए ।

Deep Jyoti Pustak psl
Loading...