मिडिया कप फुटसल प्रतियोगितामा आयोजक टिम विजयी, अत्तरिया टिम उपविजेता

अत्तरिया : कैलालीको धनगढीमा सम्पन्न पाँचौं हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले हात पारेको छ ।

Dhangadhi_Tihar 2083

धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसलमा सम्पन्न प्रतियोगितामा आयोजक टिम विजयी बनेको हो । अत्तरिया पत्रकार समूहलाई ४ –१ गोल अन्तरले पराजित गर्दै आयोजक खेलकुद पत्रकार मञ्च प्रतियोगिताको बिजेता बनेको हो । उपाधिसहित आयोजक टोलीले नगद २५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ ।

सोही अवसरमा उपविजेता बन्न सफल अत्तरिया पत्रकार समूहले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझाउनुपरेको छ । लिगकम नकआउटको आधारमा सम्पन्न प्रतियोगितामा पत्रकारहरुकै चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको थियो ।

क्लिनिकका दन्त चिकित्सक डा. मोहित एसके ले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरे । सुदूरपश्चिमको पहिलो निजी दन्त स्वास्थ्य संस्थाका रूपमा डेढ दशकदेखि सेवा दिँदै आएको सो क्लिनिक हाल दन्त अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ । क्लिनिक धनगढीको सेती प्रादेशिक अस्पताल नजिक अवस्थित छ ।

Loading...