कैलालीमा ६८ वर्षीय वृद्ध मृत फेला

धनगढी : कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका–५ बेलवाका ६८ वर्षीय चिलिया डगौरा थारू मृत अवस्थामा फेला परेका हुन्। नेपाल प्रहरीले उनी घर नजिकैको खेतमा आइतवार मृत अवस्थामा फेला परेका बताएको छ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी राखेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...