कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६९ लाख हजार १८० बराबरको सामान बरामद गरिएको छ।

उक्त मुल्य बराबरको सुटपिस, कुर्ती, जुत्ता, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त–१० सुकासाल र भीमदत्त–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख २२ हजार ७६० बराबरको सामान बरामद गरिएको छ।

चिनी, मिठाई, इलेक्ट्रोनिक, कष्मेटिक, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...