अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– २ शिवनगर टोल गल्ली नं. १ लाई डस्टविन सहयोग गरिएको छ ।
नेपालीहरुको महान पर्व दशैँको पुर्वसन्ध्यामा क्लिन अप नेपाल नामक संस्थाले टोललाई ४ थान डस्टविन सहयोग गरेको हो । सामाजिक तथा सृजनशिल कार्य अन्तरगत डस्टविन सहयोग गरिएको संस्थाका परियोजना संयोजक कैलाश विक्रम शाहीले जानकारी दिए ।
उनले टोलको गल्ली नं. १ मा श्रमदान गरी सृजनशिल गतिविधि अन्तरगत सरसफाई कार्यक्रम समेत गरिएको बताए । आईतबार वडासदस्य डबल बहादुर साउँदले टोलका स्थानियहरुलाई डस्टविन हस्तान्तरण गरेका थिए ।
