कैलालीको धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

धनगढी : कैलालीको धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।

धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा ६० लाख रुपियाँ लगानीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गरिएको हो । स्वास्थ्य संस्थाहरुबाट निस्कने जोखिमयुक्त फोहोरमैला व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ।

यूएनडिपी विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र हेकाफ ३६० को प्राविधिक सहयोगमा केन्द्र बनाइएको हो । केन्द्रमा स्वास्थ्य संस्थाबाट सङ्कलन भएका जोखिमयुक्त फोहोरलाई व्यवस्थापन केन्द्रमा ल्याएर नष्ट गरिने जनाइएको छ ।

केन्द्रमा ल्याइएको फोहोरलाई ‘अटो–क्लेभ मेसिन’ निसङ्क्रमित गरिने जनाइएको छ । उच्च तापक्रम र प्रेसरमा राखेर फोहोरमैलामा रहेको जिवाणु नष्ट गरिने हेकाफ ३६० का कार्यक्रम अधिकृत प्रेरणा डङ्गोलले बताए । त्यसपछिमात्रै फोहोर व्यवस्थापन गरिने उनको भनाइ छ ।

धनगढी उपमहानगरपालिकामा हालसम्म १७१ वटा स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये २१ वटा स्वास्थ्य संस्था धनगढी उपमहानगरपालिका मातहतमा रहेका छन् । यी स्वास्थ्य संस्थाहरुबाट दैनिक धेरै मात्रामा स्वास्थ्यजन्य फोहोरमैला निस्कने गरेको छ ।

अब यस्ता फोहोरलाई स्रोतमा पृथकीकरण गर्ने जनाइएको छ । घरदैलो खोप कार्यक्रममा प्रयोग हुने खोप झोलामासमेत सुई काट्ने व्यवस्था गरेको जनाइएको छ ।

Deep Jyoti Pustak psl
Loading...