धनगढी : बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको मष्टा गाउँपालिका–५ किनाडाको जङ्गलमा गाई बस्तु चराउन गएका बेला १३ वर्षीय सुरेश आग्रीलाई करेन्ट लागेको हो। उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बझाङले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, राति चलेको हावा–हुरीका कारण राष्ट्रिय प्रसारण लाइनको तार चुडिँदा भुईमा लत्रिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
