कैलाली : बाजुराको बुढीगंगा नगरपालिकाका १४ घर परिवारलाई नेपाल भारत मैत्री संघले दशैको अवसर पारेर खाद्यान्न लगायत राहत सामाग्री बितरण गरेको छ ।
संघले नगरपालिकाको वडा नम्बर २ र ३ का अति बिपन्न परिवारलाई दाल, चामल, नुन, चिनि लगायत त्रीपाल, लत्ताकपडा बितरण गरेको हो ।
दशैमा कोहि पनि भोको बस्न नपरोस भनेर सो खाद्यान्न लगायतका राहत सामाग्री बितरण गरिएको नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरि शंकर ठाकुरले बताए ।
यस अघिपनि नेपाल भारत मैत्री संघले बाजुरामै भएको आगलागी पिडितलाई समेत खाद्यान्न लगायत राहत सामाग्री बितरण गरेको थियो ।
