धनगढी : धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस कपिलबस्तुको शिवराज नगरपालिका १, बनकसबासस्थित दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान भएको बस दुर्घटनामा डोटीको दिपायल सिलगढी नगरपालिका-१ कि अन्दाजी १७ वर्षीय सरस्वती खड्काको मृत्यु भएको हो ।
ना ८ ख ५७०३ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार रहेका थिए ।
दुर्घटनापछि चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
