काठमाडौं : आज आश्विन शुक्ल द्वादशीमा समेत दसैँको टीका लगाउनेको चहलपहल जारी छ ।
विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमासमेत टीका र आशीर्वाद लिन मान्यजनकामा पुग्नेक्रम जारी रहेको हो ।नौरथको नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको हो ।
बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपालको उपत्यकासहित पूर्व क्षेत्रमा भने दशैँ पूर्णिमासम्म मनाइन्छ ।
