कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–१ शिवनगर र धनगढी उपमहानगरपालिका–२ मिलनचोक बाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४२ हजार ३८० बराबरको सामान बरामद गरिएका हो।

चिनी, धोती, कार्बन, बिडी, सुर्ती, मसला, सुप्पारी, किरानाका सामान, साइकल थान–३ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Loading...