बझाङको चैनपुर बजारबाट बरामद गरिएको घरेलु मदिरा नष्ट

धनगढी : बझाङमा ५० लिटर घरेलु मदिरा नष्ट गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, बझाङको टोलीले चैनपुर बजारका होटेल तथा पसलहरूबाट बरामद गरिएको अवैध मदिरा नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, बझाङमा कार्यरत प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले ५० लिटर घरेलु मदिरा, ९० लिटर मदिरा बनाउने कच्चा पदार्थ र २० बढी भाँडाहरू बरामद गरेको थियो।

प्रहरीले सोमवार अवैध घरेलु मदिरा नष्ट गरेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...