कैलालीको अत्तरियास्थित सुधारगृहमा एक युवक मृत फेला

धनगढी : कैलालीको अत्तरियास्थित सुधारगृहमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

उग्रतारा सुधारगृहमा कञ्चनपुरको पुनर्वास नगरपालिका–७ च गाउँका २७ वर्षीय रमेश तामाङ झुन्डिएको अवस्थामा भेटिएका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार तामाङ सुधारगृहभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। तामाङ बैशाख ८ गतेदेखि सो सुधारगृहमा रहेका थिए।

Deep Jyoti Pustak psl
Loading...