कैलालीमा जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको पेस्तोल सहित एक जना पक्राउ

धनगढी : कैलालीमा जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको पेस्तोल सहित एक जनालाई पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका–१ बेलारबाट जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको पेस्तोल सहित २३ वर्षीय आकाश शाही पक्राउ परेका हुन । उनलाई मंगलबार इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश दत्त अवस्थीले गोप्य सूचनाको आधारमा शाहीलाई टाइप–५४ एक वटा पेस्तोल सहित पक्राउ गरिएको बताए ।

पक्राउ परेका शाहीले जेनजी आन्दोलनका क्रममा काठमाण्डौँको कोटेश्वरबाट पेस्तोल लुटेको बयान दिएको प्रहरीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...